साताको पहिलो दिन आइतबार सेयर बजार सूचक २०.५४ अंक घटेको छ। गत साताको कारोबारको अन्तिम दिन बिहीबार ३१.५२ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार पनि घटेर १ हजार ९ सय ९३.३८ अंकमा सीमित भएको छ।

गएको बिहीबार नेप्से ३१.५२ अंकले ओरालो लागेर २ हजार १३.९३ अंक कायम भएको थियो।

सूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। आइतबार कूल १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गएको बिहीबार १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आइतबार कारोबार भएका २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ९५ कम्पनीको घटेको छ। त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।