आइतबार, १० भदौ २०८०, दोलखा । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रुपमा मनाउने भएको छ।
आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताए। उनले असोज २ लाई विशेष उत्साहका साथ मनाउने अठोट गरे।
मन्त्री राईले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमूलक रुपमा मनाउन आह्वान गरेका छन्। उनले शिक्षा दिवस उपलब्धि मुलक र परिणामुखी बनाउन सरकारले काम मन्त्री राईले नेपाली शिक्षालाई बिस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
