क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापकी महिला पक्राउ


कृष्ण बुढाथोकी

सोमबार, ११ भदौ २०८०, दोलखा । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापको उमाकुण्ड गाउँपालिकाकी एक महिला पक्राउ परेकी छिन्।

उमाकुण्ड गाउँपालिका–१ की शर्मिला सुनुवारलाई प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो। लक्ष्मण हमाललाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी दुई लाख रकम लिएपछि सुनुवार सम्पर्क विहिन भएकी थिइन्। क्रोएसिया जान ७ लाख लागत लाग्ने र त्यहाँ पुगेपछि फुड प्याकिङमा काम लगाइदिन्छु भन्दै उनले ति पुरुषबाट रकम लिएर सम्पर्क विहिन भएकी हुन्। त्यसपछि हमालले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले सुनुवारलाई काठमाडौंको मनोहरा नगरपालिका–८ गोठाटारबाट पक्राउ गरेको हो। पक्राउ परेकी उनीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी, प्रहरी उपरिक्षक मिलन केसीले जानकारी दिए।

सम्बन्धित खबर