आइतबार, २४ असार २०८०
दोलखा । बुटवलको तिनाउ पुल नजिकै आज बिहान एक युवा मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन्।
शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
© 2025, Online Bulletin