२९ कार्तिक २०७९, दोलखा ।
मैनापोखरी – लोकतान्त्रिक बाम गठबन्धन नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य गेल्बु शेर्पाले आसन्न मंसिर ४ को निर्वाचनमा गठबन्धनलाई ठूलो सफलता मिल्ने बताउनु भएको छ ।
आज लोकतान्त्रिक बाम गठबन्धनद्वारा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै शेर्पाले यस्तो बताउनुभएको हो । उहाँले विपक्ष पार्टी नेकपा एमालेले दोलखामा चुनाब हार्ने र गठबन्धनले चुनाब जित्ने निश्चिति भइसकेको दाबी गर्नु भयो ।
प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन नजिकी सकेकोले अबको बाकी दिनहरुमा सबै नेताकार्यकर्ता सक्रिय रुपमा अघि बढन पनि सुझाब दिनुभएको छ ।
´´दोलखामा बाम लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित जस्तै हो, नेकपा एमालेले चुनाब जित्ने सपना नदेख्दा हुन्छ“ शेर्पाले भन्नुभयो ।
© 2025, Online Bulletin