मंगलबार, २६ असार २०८०
दोलखा । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको एसएस फाउन्डेसनले दोलखामा तत्काल विपद व्यवस्थापन समूह (क्यूआरटी) गठन गरिएको छ। वर्षायामको समयमा बाढी पहिरो लगायत अन्य थुप्रै प्राकृतिक विपत्तिहरु आइ पर्ने भएकाले उक्त अवस्थामा समयमै उद्दार र राहत सम्बन्धि कार्य गर्न फाउन्डेसनले उक्त समूह गठन गरेको जानकारी प्राप्त भएको छ।

वरिष्ठ कलाकार एवं फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको उपस्थितिमा गत बुधबार दोलखा सदरमुकाम चरिकोटमा गठित क्यूआटीको संयोजकमा शैलुङेश्वर गाउपालिका तथा राप्रपाका प्रतिनिधि नवराज खड्का चयन भएका छन्। उक्त समूहले विपद् र प्राकृतिक प्रकोपका बेला स्थानीय निकायको समन्वयमा काम गर्ने तर कामका नाममा कोहि कसैसँग कुनै किसमको चन्दा तथा सहयोग नलिने फाउन्डेसनका संरक्षक शोभित उप्रेतीले स्पष्ट पारेका छन ।

एसएस फाउन्डेसनले शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप जस्ता सामाजिक कार्यहरुमा विभिन्न किसिमका गतिविधी र सहयोग गर्दै आएको छ।