मंगलबार, ०२ असोज २०८०, दोलखा। नेकपा एमालेले आज संविधान सभाका दिवंगत अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ।
संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी आयोजना गर्न लागिएको हो। एमालेले गोष्ठीका लागि सातै प्रदेशमा जिम्मेवारी समेत तोकि सकेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई सम्बोधन गर्नु हुनेछ। गोष्ठीमा विभिन्न दलका नेताहरुलाई डाकिएको छ। अन्य प्रदेशमा पार्टी उपाध्यक्षहरुलाई खटाइएको छ।
