संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफी


कृष्ण बुढाथोकी

बुधबार, ०३ असोज २०८०, दोलखा। राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको बाँकी सजाय मिनाहा गदै छन्।

संविधान दिवसको अवसर पारेर राष्ट्रपति पौडेलले आज ६ सय ७० जना कैदीको सजाय मिनाहा गने भएका छन्। कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकको सिफारिस अनुसार भोलीदेखि लागु हुने गरी उनीहरुको कैदको सजाय माफी गरेको बताए। उनका अनुसार राष्ट्रपतिले भीमबहादुर खवास, हर्कबहादुर लिम्बु र समदिन मियाँसहित ६ सय ७० जना कैदीहरुको कैद सजाय माफी गरिएको हो।

सम्बन्धित खबर