प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिंदै


कृष्ण बुढाथोकी

मंगलबार, १२ भदौ २०८०, दोलखा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्य सुची राखिएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम आजको बैठकमा हुने गरी निर्धारण गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

सम्बन्धित खबर