मंगलबार, १२ भदौ २०८०, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ। देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भइरहेको जनाउँदै राप्रपाले त्यसलाई रोक्न माग गर्दै ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो।

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागिको माग गर्दै दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाइने जनाएको छ।