बुधबार, १३ भदौ २०८०।, दोलखा । दोलखा सदरमुकाम चरिकोटमा मोटरसाईकल दुर्घटना हुदाँ एक पुरुष गम्भीर घाइते भएका छन्।

चरिकोट–सिंगटी सडक खण्ड अन्तर्गत चरिकोटबाट सिंगटी तर्फ जादै गरेको बा.प्र.०२–०१ प ३५०८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको बा.प्र.३–०२–००१ प २८३६ नम्बरको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय दोलखा नजिकै एकआपसमा ठोकिँदा बैतेश्वर गाउँपालिका ८ का ६५ वर्षीय ढाल बहादुर सापकोटा गम्भीर घाइते भएका हुन्। हिजो दिउँसो करिब सवा ३ बजे दुर्घटनामा परि घाइते भएका उनलाई च्छोरोल्पा जनरल अस्पतालमा सामान्य उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको दोलखा प्रहरीले जनाएको छ। सापकोटाको टाउको र बाँया गालामा गम्भिर चोट लागेको छ।

दुर्घटनामा अर्का मोटरसाईकल चालक कालिञ्चोक गाउँपालिका–३ सिंगटीका २४ वर्षीय पेम लाक्पा शेर्पा र पछाडी सवार उनकी आमा पेमल्हमू शेर्पा सामान्य घाइते भएका छन्। उनीहरुको पशुपती चौलागाई स्मृति अस्पताल चरिकोटमा उपचार भईरहेको प्रहरीले जनाएको छ।