इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले देशका १५ सहरमा नेपाली टोलीले खेलेको क्रिकेट म्याच पब्लिक स्क्रिनमा देखाउने भएको छ।
नेपाली क्रिकेट संघसँग कनेक्टिभिटी पार्टनरका रूपमा जोडिएको वर्ल्डलिङ्कले नेपाली क्रिकेट टोलीले खेलेका सम्पूर्ण म्याच पब्लिक स्क्रिनमा देखाउने भएको हो।
यसअन्तर्गत प्रयोगकर्ताले पब्लिक स्क्रिनमा निःशुल्क म्याच हेर्न सक्ने कम्पनीले जनाएको छ।
