सोमबार, ०८ असोज २०८०, दोलखा। रामेछापमा जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जवरजस्ती करणीको छुट्टा–छुट्टै घटनामा संलग्न भएको आरोपमा एक बालक सहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका–३ का ४७ वर्षीय दिल बहादुर कार्की र १५ वर्षीय एक बालक रहेका छन्। कार्की यही असोज ४ गते दिउँसो उमाकुण्ड गाउँपालिका–५ उरमाखु पाल्टारका २८ वर्षीया एक महिलालाई जवर जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्।

पक्राउ परेका उनलाई जिल्ला अदालत रामेछापबाट म्याद थप भई हिरासतमा राखेर अनुसन्धान गरिरहेको रामेछापका प्रहरी निरिक्षक शैलेन्द्र कुमार खड्काले जानकारी दिए। प्रहरीका अनुसार उमाकुण्ड कै ६० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका १५ वर्षीय बालकलाई बाल निग्रानी कक्षमा राखी अनुसन्धान गरिरहेको छ।