मंगलबार, १९ असार २०८०
दोलखा । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसर भित्र सवारी साधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको छ । महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताएका छन । “विश्वलाई गौरव साथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्”, उनले भने– “अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।”
वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जाल मार्फत भविष्यमा लाखौँ पर्यटक आउन सक्ने सम्भावना रहेको उल्लेख गर्नु भएको छ । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसर भित्र सवारी साधन निषेध गरिएको जानकारी दिएका छन।
© 2025, Online Bulletin