एसिया कप २०२३ अन्तर्गत अहिले नेपालले पाकिस्तानसँग खेलिरहेको छ।

पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ।

नेपालले पहिलो विकेट लिन सफल भएको छ। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। उनले ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका छन्।

त्यतिबेला पाकिस्तानले २१ रन जोडेको थियो।