सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ आज बाडफाँट भएको छ। कम्पनीको सेयर ७ लाख ६८ हजार जना आवेदकले प्राप्त गरेका छन्।

बाँकी ६ लाख ९२ हजार ६१ आवेदकको हात खाली भएको छ। कम्पनीले ७६ लाख ८० हजार कित्ता सेयरका निष्कासन गरेको थियो।

आइपीओ नतिजा सिडिएससी आइपीओ रिजल्ट, मेरो सेयर बाट हेर्न सकिन्छ। त्यस्तै, सेयर विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेवसाइटबाट समेत हेर्न सकिन्छ।

कम्पनीले गत साउन ३२ गतेदेखि ४ भदौसम्म आइपीओ खुला गरेको थियो।