मंगलबार, १९ भदौ २०८०, दोलखा। नेकपा एकिकृत समाजवादीले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। समितिमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ राखिने बताए। विषय विज्ञ भने तय नभइसकेको नेकपा एसले जनाएको छ।
