बुधबार नेप्से सामान्य अंकले घटेको छ।
आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ८२ अंकले घटेर १,९९० दशमलव ५९ को विन्दुमा कायम भएको छ।
आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ। आज होटल एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन्।
आज दिनभरिमा २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडमाथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीले लाभांश घोषणा गरेको दिन कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको हो।
