नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ। यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ।
यो साताको आइतार र सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ। यही साताको आइतबार यता चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ। जसअनुसार आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ।
