एमालेले तोक्यो अधिवेशन मिति


कृष्ण बुढाथोकी

सोमबार, २९ साउन २०८०, दोलखा । एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ।

एमाले सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६, १७, मधेश प्रदेश असोज ५, ६, बाग्मती प्रदेश असोज ८, ९ , कर्णाली प्रदेश असोज १०, ११ कोशी प्रदेशमा असोज १२, १३, गण्डकी प्रदेश असोज १५, १६, उपत्यका विशेष प्रदेश असोज १९, २० र सुदूरपश्चिम असोज २१ र २२ का लागि अधिवेशन तोकिएको छ।

यसका साथै बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। बैठकले कञ्चनपुरमा भएको युवासंघको झडपको विषयमा छानबिनका लागि ३ सदस्यीय टोलीसमेत गठन गरेको छ।

टोलीमा उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो ज्वालाकुमारी साह रहेका छन्।

सम्बन्धित खबर