२०८० जेष्ठ ११, बिहिबार
दोलखा । सुर्खेत, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।
आज बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको हो।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जानकारी दिएको हो।
घटनामा १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।
हाल स्थानीय लगाएत प्रहरीले दुर्घटनामा परेका घाइतेहरूको उद्धार कार्यलाई जारी राखेका छन्।
© 2025, Online Bulletin