सोमबार, २५ भदौ २०८०, दोलखा। एजेन्सी न्युयोर्क। नोभाक जोकोभिचले कीर्तिमान बराबरी गर्दै २४ औँ ग्रान्ड स्लामको उपाधि जितेका छन्। न्युयोर्कमा आयोजित युएस ओपनको फाइनलमा जोकोभिचले ड्यानिल मेडभेडेभलाई हराएका हुन्।

३६ वर्षीय सर्बियन खेलाडी ६–३, ७–६ ९७–५० र ६–३ ले विजयी भए। मेरो लागि यो संसार हो, उपाधि जितेपछि जोकोभिचले भने, यो खेलमा मैले मेरो बाल्यकालको सपना जिउँदैछु, यसले खराब अवस्थामा रहेको म र मेरो परिवारलाई धेरै कुरा दिएको छ।

जोकोभिचले यो वर्षको सुरुमा राफायल नाडालको २२ वटा मेजर उपाधिको रेकर्ड तोडेका थिए। उनले सन् २०२३ मा चारमध्ये तीन ग्रान्ड स्लाम जितेका छन्। चारपटक यो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी पनि हुन्।