विहीबार, २१ भदौ २०८०, दोलखा। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आज खुकुरी प्रहार भएको छ।
भृकुटीमण्डस्थित रिपोर्टस् क्लवबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए। उनका अनुसार उनलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।