शुक्रबार, २२ भदौ २०८०, दोलखा। बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी छोनामको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। केही दिन अघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो।

अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा छ।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले जानकारी दिए।