साताको पहिलो कारोबार अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

यस दिन नेप्से १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँ पुगेको छ।

यस दिन २८६ वटा धितोपत्रको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबेच भएको हो।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६५१ रुपैयाँ ५० पैसामा १९ करोड १३ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशत घटेको हो।