भारतले चामल निर्यातमा रोक लगाएको छ।
भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको जनाएको हो।
भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतको उक्त निर्णयले नेपालमा पनि असर गर्नेछ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।नेपाल कृषिप्रधान मुलुक भए पनि अहिलेसम्म चामलमा आत्मनिर्भर बन्न सकेको छैन।
आन्तरिक उत्पादनले नपुग्ने भएपछि विशेषगरी भारतबाट चामल आयात हुँदै आएको छ। भारतले चामल निर्यात बन्द गरेसँगै यसबाट नेपाली बजार पनि प्रत्यक्ष प्रभावित हुन सक्ने देखिएको छ।
