सरकार ढल्ने चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड


कृष्ण बुढाथोकी

सोमबार, २५ भदौ २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट अतालिएका तत्त्वहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन्।

सोमबार विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाउँदा आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको दाबी समेत गरे।

‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचार विरुद्धको अभियान अन्तिमसम्म पुर्‍याउने मेरो प्रतिबद्धता छ,’ प्रधानमन्त्रीको भनाई छ।

उनले नक्कली भुटानी शरणार्थीबाट सुरु भएको भ्रष्टाचार विरोधी अभियान सुन तस्करी, ललिता निवास हुँदै अघि बढेको पनि बताए ।

सम्बन्धित खबर