एक वर्षमा एक करोड १३ लाखको ‘टुथपिक’ आयात


अनलाईन बुलेटिन संवाददाता

मुलुकभर एक वर्षमा एक करोड १३ लाख रूपैयाँको ‘टुथपिक’ खपत भएको छ।

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिएको छ।

पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात भएको छ। 

विभागका अनुसार गत आर्थिक वर्षमा एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्का आयात भएको छ। बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट आउँछ।

सम्बन्धित खबर