सोमबार, ०४ भदौ २०८०, दोलखा । ६० किलो सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्ष एमालेको अडान र त्यसमा सहमत नहुने सत्तापक्षको अडानका कारण सिर्जित संसद्को गतिरोध अन्त्य गर्न आज सोमबार पनि प्रमुख दलहरुको बैठक बस्ने भएको छ।
हिजो आइतबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको बैठक बसेकोमा बैठक विना निष्कर्ष टुंगिएको थियो। आइबारको बैठकमा एमाले आफ्नो अडानबाट पछि नहटेपछि सोमबार अपरान्ह ४ बजे पुनः बस्ने गरी आइतबारको बैठक अन्त्य गरिएको थियो।
आइतबारको बैठकमा सरकारकातर्फबाट उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल अर्को छानविन समिति बनाउँदा हाल भइरहेको अनुसन्धान प्रभावित हुने भन्दै निश्चित समय नेपाल प्रहरीलाई नै अनुसन्धानका लागि दिन र त्यसपछि आवश्यक परे छानविन समिति बनाउन सकिने बताएका थिए।
एमालेको अवरोधका कारण गत साउन १० गतेदेखि संसद बैठक अघि बढ्न सकेको छैन।
