मंगलबार, २६ भदौ २०८०, दोलखा। एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ।
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो। हृदयघातपछि उनलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए।
एमाले नेता प्रदीप ज्ञवाली त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लैजान लागिएको बताए। उनले मंगलबार बिहान ७ बजेपछि पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने उनको भनाइ छ।
नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्। राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अोलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
© २०८२, अनलाईन बुलेटिन