शुक्रबार, २९ भदौ २०८०, दोलखा। आज शुक्रबार अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा देशको समसामयिक विभिन्न विषयबस्तु र नियमित विषयमा छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउनु हुनेछ। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते शनिबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहालले महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।