आज हरितालिका तीज, हर्षोल्लासका साथ मनाइँदै


कृष्ण बुढाथोकी

सोमबार, ०१ असोज २०८०, दोलखा। नेपाली नारीहरुले आज, महादेवको पुजा आरधना गरी तीज पर्व मनाउँदै छन्।

आजको दिन ब्रत बसी शिव पार्वतीको पुजा, उपसना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ्। सत्ययुगमा आजैको दिन निराहार ब्रत बसि हिमालयकी पुत्रि पार्वतीले महादेव पति पाएकाले आजको दिनमा ब्रत बस्दा मनोकामना पुरा हुने विश्वास छ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, विवाहित महिलाहरु पानी समेत नखाई शिवको पुजाआरधना गर्दै आफ्नो पतिको दिर्घायु, सु–स्वास्थ्यको कामना गरी व्रत बस्दछन भने अविवाहित महिलाहरु सु–योग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने प्रचलन छ।

तिजको दिन महिलाहरु विभिन्न तिर्थ स्थल, मन्दिर तथा देवालयहरुमा गई शिव पार्वतीको पुजा उपशना गरेर तीज सम्वन्धी गित, भजन र चुट्का गाएर मनाउने परम्परा सनातन हिन्दु संस्कृतिमा रहेको छ। सोहि अनुसार महिलाहरु सौभाग्यको सुचक धागो, पोते, टिका, गरगहना र रङ्गिचङ्गि कपडा पहिरिएर शिव मन्दिरहरुमा भेला हुने गर्दछन्।

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका तीजके व्रत गर्नु पर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीघायुको कामनाका लागि गर्ने बुझाई छ।

सम्बन्धित खबर