सोमबार, ०१ असोज २०८०, दोलखा। वाशिङ्टन डिसी। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ।
आइतबार सम्पन्न सो भेटको उहाँहरु बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ। साथै शान्ति स्थापनाका लागि खेल्नु पर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ।
भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा लगायत सहभागी थिए।