सोमबार, ०१ असोज २०८०, दोलखा। लण्डन। आर्सनलले प्रिमियर लिगमा एभर्टनमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ। आइतबार साँझ भएको खेलमा आर्सनल १–० गोलले विजयी बनेको हो।

खेलमा लियान्ड्रो ट्रोसाडले खेलको ६९ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो। यसअघि आर्सनलले गुडिसन पार्कमा पछिल्ला ५ मध्ये ४ खेल गुमाएको थियो। तर, यसपटक भने टोली जीत हासिल गर्न सफल रह्यो।

जीतपछि आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ। ५ खेलबाट आर्सनलको १३ अङ्क रहेको छ। यो सिजन जीतविहीन एभर्टनको मात्र १ अङ्क रहेको छ।

उता, चेल्सीले भने आफ्नो निराश सुरुवातलाई कायम राख्दै बोर्नेमाउथसँग गोलरहित बराबरी खेलेको छ। चेल्सीले सुरुवाती पाँच खेलमा मात्र खेल जितेको छ। टोली ५ अङ्कसहित लिगको १४ औँ स्थानमा रहेको छ। बोर्नेमाउथको ३ अङ्क रहेको छ।