शनिबार, ०६ असोज २०८०, दोलखा। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्रै समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छन्।
शुक्रबार अखिल नेपाल महिला संघ काठमाडौँ महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नु पर्ने बताएकी हुन्।
उनले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नु पर्नेमा जोड दिइन्।
उपप्रमुख डंगोलले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताइन्। उनले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानु पर्ने बताइन्। उनले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानु पर्ने बताइन्।
उपप्रमुख डंगोलले पार्टीको महत्त्व झल्काउने काम गर्न डटेर लाग्नु पर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन।
© २०८२, अनलाईन बुलेटिन