आइतबार, ०७ असोज २०८०, दोलखा। दोलखामा नियमित बजार अनुगमन नहुँदा बजारमा कालोबजारी बढ्दै गएको उपभोक्ताहरुले गुनासो गरेका छन्।
उपभोक्ताहरुले जिल्लामा सम्बन्धित निकायले बजार अनुगमन नगर्दा दैनिक उपभोग्य सामान र खाद्यान्न खरिदमा आफुहरु ठगिएको गुनासो गरेका हुन्। दोलखामा दाल, चामल, चिनि, तेल, चना, केराउ लगायत दैनिक उपभोग्य सामान र खाद्यान्नको मूल्य मनोमानी असुल गर्न थालिएको छ। जिल्ला सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, मागादेउराली सिँगटी, किर्नेटार लगायतका बजार क्षेत्रमा सामानको कृत्रिम अभाव गर्न थालिएको र मनोमानी मूल्य लिएर ठगि गरिएको उपभोक्ताहरुको गुनासो छ। दैनिक उपभोग्य सामान खरिदमा उपभोक्ताहरु ठगीए पनि जिल्लामा नियमित बजार अनुगमन हुन सकेको छैन। उपभोक्ताहरुले सम्बन्धित निकाय मौन हुँदा व्यापारिले आफुखुसी दैनिक उपभोग्य सामाग्रीहरुको मूल्य निर्धारण गर्ने गरेको गुनासो गरेका छन्।
दोलखामा पसलैपिच्छे फरक फरक मूल्य लिने गरिएको पाईएको छ। सदरमुकाम चरिकोटमा जिरा प्रतिकिलो कतै १२ सय लिने गरिएको छ भने कतै १५ सय सम्म बिक्री हुँदै आएको छ। यस्तै, मुसुराको दाल प्रतिकिलो १ सय ५० देखि १८० सम्म बिक्रि हुँदै आएको छ। भटमासको तेल लिटरमा २ सय देखि २२० सम्म लिने गरेको पाईएको छ। सनफ्लावर तेल २ सय १० देखि २ सय २५ सम्म लिने गरेको पाइएको हो। व्यापारिहरुले सेतो केराउ केजिमा १ सय देखि १ सय ६० सम्म बिक्रि गर्ने गरेका छन् भने हरियो केराउ १ सय ४० देखि १६०, चना १ सय १५ देखि १३० सम्म बिक्री हुँदै आएको छ।
दोलखामा नियमित बजार अनुगमन नहुँदा बजारमा कालोबजारी बढ्दै गएको उपभोक्ताहरुले गुनासो गरेका छन्। उपभोक्ताहरुले जिल्लामा सम्बन्धित निकायले बजार अनुगमन नगर्दा दैनिक उपभोग्य सामान र खाद्यान्न खरिदमा आफुहरु ठगिएको गुनासो गरेका हुन्। दोलखामा पसलैपिच्छे फरक फरक मूल्य लिने गरिएको पाईएको छ। सदरमुकाम चरिकोटमा जिरा प्रतिकिलो कतै १२ सय लिने गरिएको छ भने कतै १५ सय सम्म बिक्री हुँदै आएको छ। यस्तै, मुसुराको दाल प्रतिकिलो १ सय ५० देखि १८० सम्म बिक्रि हुँदै आएको छ।
यद्यपि व्यापारिहरुले भने बजार भाउमा उतारचढाव आईरहेकाले उपभोक्ताहरुलाई भ्रम हुन गएको बताएका छन्। प्रतिकिलो ५० रुपैयाँसम्म बढेर आएकाले आफुहरुले उपभोक्तालाई बुझाउन नसकेको उनीहरुको भनाई छ।
यसअघि जिल्ला प्रशासन कार्यालयको रोहवरमा बजार अनुगमन हुने गरेको थियो। अहिले बजार अनुगमन गर्ने र अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सुधार गर्ने जिम्मा स्थानीय तहले पाएको छ। यद्यपि स्थानीय सरकारले आफूले पाएको जिम्मेवारी पूरा गर्न नसकेको उपभोक्ताहरुको गुनासो छ। स्थानीय तहले नियमित बजार अनुगमन गरेर सरकारको उपस्थिती प्रभावकारी बनाउनु पर्ने भए पनि अनुगमनको काम भने हुन सकेको छैन। बजार अनुगमन नहुँदा व्यवसायीले आफु खुसी मुल्य निर्धारण गर्ने, गुणस्तरहीन म्याद गुज्रिएका सामाग्रीहरु वितरण गर्ने लगायतका समस्याले उपभोक्ताहरु ठगिँदै आएका छन्।
भीमेश्वर नगरपालिकाले पनि सदरमुकाम चरिकोट स्थित बजार क्षेत्रमा अनुगमन गर्दै आएको छ। यद्यपि जिल्लाका अधिकांश बजार क्षेत्रमा अनुगमन भए पनि नाम मात्रैको अनुगमन हुने गरेको गुनासो बढ्दै गएको छ । जिल्लाको जिरी नगरपालिकाले हालै मात्र बजार अनुगमन गरेको छ। अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल, होटल, लज, औषधी पसलमा अनुगमन गरेको थियो।
