विहीबार, ११ असोज २०८०, दोलखा। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए। उनले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताए।

मन्त्री गुरुङले धनराज राम्रो छ भनिदिएकै भरमा आफूले चुनाव जितेको दाबी गरे।