आइतबार, १४ असोज २०८०, दोलखा। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुई किलो ७ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।
२ किलो भन्दा बढी सुन सहित फिलिपिनी नागरिक रहेका हुन्। हिजो साँझ दुबई हुँदै काठमाडौँ आएकी एक महिलालाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सुन धुलो बनाएर प्याडभित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए।
