आइतबार, १४ असोज २०८०, दोलखा। काठमाडौं उपत्यकामा आजदेखि सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रम सञ्चालन हुने भएको छ।
ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० मनाउन लागेको हो।
सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउन लागेको ट्राफिक प्रहरीले जनाएको छ।
साताव्यापी कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
काठमाडौं उपत्यकामा धेरैजसो तीव्र गति, चालकको लापरबाही, ट्राफिक संकेतको उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता कारणले सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।