सोमबार, १५ असोज २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चिन भ्रमणलाई नाटकबाजीको संज्ञा दिए।
आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशमा नेपालीहरुले पाउने समस्याको समाधान नभएको बताए। उनले हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरुमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताए।
सांसद शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिए। उनले प्रधानमन्त्रीको विदेश भ्रमणबाट कुनै उपलब्धि हासिल हुन नसकेको बताए।
