मंगलबार, १६ असोज २०८०, दोलखा। काठमाडौंको गौशालामा दिनदहाडै एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ।
बाराका समीर हुसेनमाथि चक्कु प्रहार भएको हो । हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सन्चालक हुन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि घटनास्थल पुगेर प्रहरीले एक थान पेस्तोल बरामद गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।