विहीबार, १८ असोज २०८०, दोलखा। बुद्धचित्तको मालाको कारोवारमा लेनदेन नमिलेपछि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका एक युवकलाई आफ्नै साथीले अपहरण गरेका छन्। अपहरण अभियोगमा दुइ जना पक्राउ परेका छन्।
काभ्रेको तेमाल गाउँपालिका ७ घर भई भक्तपुरको राधेराधे बस्दै आएका २५ वर्षीय देवसिंह लामालाई सोमवार आफ्नै साथिहरुले अपहरण गरेका हुन्। प्रहरीका अनुसार सोमवार साँझ ५ बजे भक्तपुरको मध्यपुर थिमीवाट लामालाई अपहरण गरी काठमाडौंको गोंगवुस्थित द बर्गर हाउसमा बन्धक बनाएर राखिएको थियो। घटनाका बारेमा प्रहरीलाई खवर आएपछि लामालाई राति नैं उद्धार गरिएको थियो।
अपहरण अरोपमा काभ्रेका एक सहित २ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरी प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार काभ्रेको तेमाल घर भई बौठ बस्ने ३५ वर्षीय आशालाल लामा र सामाखुशी बस्ने ३३ वर्षीय भोज लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुषन्धान अघि बढाइएको छ।
प्रहरीको प्रारम्भिक अनुषन्धानवाट बुद्धचित्त लामाको लेनदेन कारोवार नमिलेपछि लामालाई आफ्नै साथीहरुले अपहरण गरेका थिए। आशालालले बुद्धचित्तका लागि रकम बैना दिए पनि देवसिंहले चिनियाँ नागरिकलाई विक्रि गरेपछि विवाद भएको थियो। विवादपछि देवसिंहलाई अपहरण गरी गोंगवु लगेर बन्धक बनाइएको थियो। पीडित भनिएका देवसिंहले ८ जना उपर किटानी जाहेरी दिएका छन्। पीडित र पिडक दुवै बुद्धचित्तको मालाको कारोवारमा संलग्न भएको प्रहरीले आशंका गरेको छ।
