बुधबार, २० मङ्सिर २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेश गरेका छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना लगायत जनजीविकाबारे पार्टीले जनदबाब र आन्दोलन गर्ने विषयमा कार्यदलको तर्फबाट आन्दोलनको आवश्यकता र औचित्य सम्बन्धी ड्राफ्ट पेश गरेका छन्।
‘आजको बैठकमा ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको छ। अन्य एजेन्डामाथि छलफल हुने क्रम जारी छ’, प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठक बिहीबार बिहान ८.०० बजे पुनः बस्नेछ।
