बिहीबार, २१ मङ्सिर २०८०, दोलखा। सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम र अर्थ मन्त्रालयका सहसचिव रितेश काफ्ले सदस्य छन्। गौतम राजस्व महाशाखा प्रमुख पनि हुन्। ६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो। यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस कीटस एन्ड नेभिसमा रहेको रेनोल्डस होल्डिङ लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो।
एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस होल्डिङसँग रहेको छ। प्रक्रिया पुरा नगरी एनसेल खरिद बिक्री गरिएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ।
