काठमाडौँका यी सडकमा आज सवारी साधन प्रवेशमा रोक


कृष्ण बुढाथोकी

विहीबार, ११ असोज २०८०, दोलखा। काठमाडौँ। काठमाडौँ उपत्यकामा इन्द्रजात्राका सुरु भइसकेका छन्। जात्राको अवसरमा आजदेखि विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ।

काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ।

सूचना अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।

असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न पाइने छैन।

असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको छ।

सम्बन्धित खबर