वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : बाबुराम भट्टराई


कृष्ण बुढाथोकी

साउन २२, दोलखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् । 

उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेका उनको तर्क छ ।

नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/ नीति / कार्यक्रम / संगठन / नेतृत्व / व्यवस्थापन र कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ । 

सम्बन्धित खबर