शुक्रबार, ०५ असोज २०८०, दोलखा। यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दश रथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा पाकिस्तानले नेपाललाई १—० गोलले हराएको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको थियो। पाकिस्तानका लागि अली जाफरले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए। जीतसँगै पाकिस्तानले पहिलो खेलबाटै तीन अंक बटुलेको छ।