तामाकोशी गाउँपालिकाका ५ वडा सचिवविहिनः कृषि, पशु र स्वास्थ्यका कर्मचारीबाट काम चलाईँदै


कृष्ण बुढाथोकी

शनिबार, २३ मङ्सिर २०८०, दोलखा। दोलखाको तामाकोशी गाउँपालिकाको ५ वटा वडामा प्रशासन सेवा तर्फका वडासचिव नहुँदा कार्यसम्पादनमा समस्या भएको छ।

गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६ र ७ मा वडासचिव नहुँदा कार्यसम्पादनमा समस्या भएको छ। यी वडामा लामो समयदेखि कृषि, स्वास्थ्य र पशु सेवातर्फका कर्मचारीलाई वडासचिवको जिम्मेवारी तोकिएको छ। तामाकोशीको ७ वटा वडामध्ये जम्मा दुई वटा वडामा मात्रै प्रशासन सेवा तर्फका वडासचिव कार्यरत छन्। गाउँपालिकाको वडा नम्बर १ भीरकोट र वडा नम्बर ३ जफेमा मात्रै प्रशासन तर्फका वडासचिव रहेका हुन्।

त्यसबाहेक वडा नम्बर २ झुलेमा कृषितर्फका कर्मचारी विधान आचार्यलाई वडा सचिवको जिम्मेवारी दिइएको छ भने वडा नम्बर ४ मालुमा स्वास्थ्यतर्फका हरिबहादुर केसी, वडा नम्बर ५ शहरेमा कृषितर्फका सचिन विष्ट, वडा नम्बर ६ च्यामामा कृषि तथा भेटेरिनरीतर्फका डिलेन्द्र बहादुर सुनार र वडा नम्बर ७ हावामा विविधि सेवा तर्फका कर्मचारी खुस बहादुर सुनुवारलाई वडा सचिवको जिम्मेवारी तोकिएको छ।

दोलखाको तामाकोशी गाउँपालिकाकाको ५ वटा वडामा प्रशासन सेवा तर्फका वडासचिव नहुँदा कार्यसम्पादनमा समस्या भएको छ। गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६ र ७ मा वडासचिव नहुँदा कार्यसम्पादनमा समस्या भएको हो। यी वडामा लामो समयदेखि कृषि, स्वास्थ्य र पशु सेवातर्फका कर्मचारीलाई वडासचिवको जिम्मेवारी तोकिएको छ। तामाकोशीको ७ वटा वडामध्ये जम्मा दुई वटा वडामा मात्रै प्रशासन सेवा तर्फका वडासचिव कार्यरत छन्।

लामो समयदेखि वडा तहमा प्रशासन सेवा तर्फका कर्मचारी नहुँदा समस्या भइरहेको तामाकोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले बताएका छन्। कृषि, स्वास्थ्य र भेटेरीनरीतर्फका कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिँदा उनीहरुलाई पनि काम गर्न समस्या देखिएको छ। विशेषगरी पन्जिकरणको काम गर्न उनीहरुलाई समस्या देखिएको छ भने अन्य धेरै क्षेत्रमा अन्यौलता देखिएको छ। तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रि प्रसाद शर्मा वाग्लेले प्रशासनतर्फका कर्मचारी नभए पनि वडामा वडासचिवको काम नरोकिएको बताए।

यद्यपी वडा सचिवले गर्नु पर्ने जिम्मेवारीका विषयमा जानकार नहुँदा समस्या भएको भनाई छ। वडासचिवले वडापालिकाको प्रशासनिक नेतृत्व र पन्जिकरणको सम्पुर्ण काम गर्नुका साथै वडा मातहत सञ्चालन हुने विकास निर्माणका योजना समेत कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ। आफु बहाल रहेको मातहतका निकाय, आयोजना वा कार्यालयको प्रगति विवरण लिने वा लिन लगाउने, समिक्षा गर्ने, निरिक्षण र आवश्यक निर्देशन दिने जस्ता कार्य गर्नु पर्नेछ।

तर, प्रशासनतर्फका वडा सचिव नभएपछि अन्य क्षेत्रतर्फका कर्मचारीलाई यी काम गर्न समस्या छ। कृषि र पशुका प्राविधिक तथा स्वास्थ्यतर्फका कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिँदा उनीहरुको विषयगत काम समेत प्रभावित भएको छ। प्रशासनिक तर्फका वडासचिव नहुँदा समस्या भएको वडा अध्यक्षहरुले बताएका छन्।

सम्बन्धित खबर