मङ्गलबार, ०२ माघ २०८०, काठमाण्डौ। ललितपुरको इमाडोलस्थित इनारमा खसेकी दोलखाकी युवतीको सकुशल उद्धार गरिएको छ।

नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोलीको लगातार साढेँ दुई घण्टाको प्रयास पछि दोलखाकी २८ वर्षीया न्युटन प्रधानलाई सकुसल उद्धार गरिएको हो। उनी आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन्। दोलखा घर भएकी प्रधान इमाडोलको कृष्ण मन्दिर पछाडि डेरा गरी बस्दै आएकी थिइन्।

हाल उनलाई उपचारका लागि पाटन अस्पतालमा लगिएको ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जाानकारी दिए। उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो।