आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै


कृष्ण बुढाथोकी

काठमाडौँ । आज साउन शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ।वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ।

संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ। गुरु शब्दको विग्रह गर्दा गिरति अज्ञानं इतिःगुरु अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारीले जानकारी दिए।

अधिकारीले भने, ‘नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ। हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौँ। अनि धर्मलाई पेसासँग, जसका कारण धर्म विशुद्ध रूपमा प्रयोग भएको छैन। विषेशगरि गुरु पूर्णिमाको दिन भनेको सम्पूर्ण सठशास्त्रको लिपिबद्ध गरी प्रतिपादन गरेर लोक कल्याणार्थ प्रकाशन गरिएको अवसरमा मनाइँदै आएको छ र भगवान् वेदव्यासको जन्म जयन्तीको अवसर भएका कारणले पनि यस दिनलाई गुरुहरूप्रति श्रद्धा र सम्मान गरी मनाइँदै आएको छ।’

हिजो अस्थिको दिनमा विश्वमा लिखित संविधानहरू नबनिसकेको अवस्थामा समाज परिचालन गर्ने गुरुहरू र वेद व्यासका रचनाहरूको सम्मान गर्न अति जरुरी रहेको ज्योतिष अधिकारीको बुझाई छ ।

सम्बन्धित खबर